२०८३ आश्विन २२ बिहीबार
२०८३ आश्विन २२ बिहीबार

डिजिटल कांग्रेसदेखि युवा नेतृत्वसम्म’ : पाँच एजेन्डासहित शिवबहादुर सुनार चुनावी मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दलित कोटा खुलातर्फ केन्द्रीय सदस्य पदमा शिवबहादुर सुनारले उम्मेदवारी दिएका छन्। पार्टी रूपान्तरण, सामाजिक न्याय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सुनारले पाँचबुँदे एजेन्डासहित महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन्।
दलित कोटा खुलातर्फ ८ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहे पनि ३१ जनाको उम्मेदवारी परेको छ। प्रतिस्पर्धा उच्च रहेको उक्त समूहमा सुनारले आफ्नो उम्मेदवारीलाई दलित समुदायको सशक्त प्रतिनिधित्वसँगै समग्र पार्टीको रूपान्तरणसँग जोडेर अघि सारेका छन्।
सुनारले बीपी कोइरालाको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई २१औँ शताब्दीअनुकूल पुनर्व्याख्या गर्दै उत्पादनमुखी समाजवादको अवधारणा अघि बढाउने एजेन्डा प्रस्तुत गरेका छन्। त्यससँगै ‘डिजिटल बीपी ई–लाइब्रेरी’ अभियानमार्फत पार्टीको वैचारिक सामग्रीलाई नयाँ पुस्तासम्म पुर्‍याउने उनको योजना छ।
उनको अर्को प्रमुख एजेन्डा सामाजिक न्याय र दलित सशक्तीकरण हो। संविधानको समावेशी लोकतन्त्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै दलित समुदायको आर्थिक, शैक्षिक र राजनीतिक सशक्तीकरणलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने सुनारको धारणा छ।
शिक्षा र स्वास्थ्यमा क्रान्ति ल्याउने प्रस्ताव अघि सार्दै उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा तथा टेलिमेडिसिनमार्फत घरमै चिकित्सकीय सेवा पुर्‍याउने एजेन्डा अघि सारेका छन्। साथै वडादेखि केन्द्रसम्म QR सहितको डिजिटल कार्यालय स्थापना गर्दै गुटमुक्त, विधि र पद्धतिमा आधारित कांग्रेस निर्माण गर्ने उनको प्रतिबद्धता छ।
सुनारले ‘पुरानो र नयाँ पुस्ताको सेतु’ बन्ने अवधारणालाई पनि आफ्नो पाँचौँ एजेन्डाका रूपमा अघि सारेका छन्। अग्रजको अनुभवलाई ‘मेन्टरिङ’मार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्ने र युवालाई नीति निर्माण तथा नेतृत्वमा अघि बढाउने उनको प्रस्ताव छ।
‘समृद्ध पूर्वाधार, सक्षम कांग्रेस, समुन्नत नेपाल’ भन्ने नारासहित चुनावी मैदानमा रहेका सुनारले आफ्ना एजेन्डालाई कार्यान्वयन गर्ने अवसरका लागि महाधिवेशन प्रतिनिधिहरूसँग अधिकतम मत दिएर विजयी गराउन अपिल गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।