२०८३ आश्विन २६ सोमबार
२०८३ आश्विन २६ सोमबार

सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने प्रक्रियासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। धितोपत्र कारोबारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले यसअघि जारी गरेको निर्देशन परिमार्जन गरेको हो।
बोर्डको नियमन विभागले सम्पूर्ण सूचीकृत कम्पनीलाई सम्बोधन गर्दै जारी गरेको पत्रअनुसार अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि सम्बन्धित कम्पनीलाई पाँच कारोबार दिन अगावै जानकारी गराउनुपर्नेछ।
यसअघि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो। संशोधित निर्देशनले पूर्वसूचना दिनुपर्ने सेयरको सीमा ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ।
निर्देशनअनुसार सम्बन्धित कम्पनीले सेयर बिक्रीसम्बन्धी सूचना प्राप्त गरेपछि त्यसको विवरण नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ। सार्वजनिक गरिने सूचनामा बिक्री गर्न लागिएको सेयरको विवरण, मूल्य तथा परिमाणसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।बोर्डको यो संशोधनले आधारभूत सेयरधनीबाट हुने ठूलो परिमाणको सेयर बिक्रीसम्बन्धी जानकारी बजारका सहभागी तथा लगानीकर्तासमक्ष पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। साथै, सेयर कारोबारमा पारदर्शिता कायम गर्न र लगानीकर्तालाई आवश्यक सूचना उपलब्ध गराउन यो व्यवस्था महत्त्वपूर्ण हुने देखिन्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।