२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

जनसुधार आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर, ३ सयभन्दा बढीको परीक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ स्थित जनसुधार आधारभूत विद्यालयमा वृहत् निःशुल्क आँखा उपचार तथा परीक्षण शिविर सम्पन्न भएको छ।
ईन्द्रावती गाउँपालिका–५ को समन्वय तथा सहकार्यमा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा ज्येष्ठ नागरिक, बालबालिका, महिला, युवायुवती, शिक्षक–शिक्षिका तथा विद्यार्थी गरी ३ सयभन्दा बढीको आँखाको परीक्षण गरिएको आयोजकले जनाएको छ। शिविरको उद्घाटन ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गरेका थिए।
आँखा परीक्षणका क्रममा आधा दर्जनभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको छ। पहिचान भएका बिरामीको बनेपास्थित आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने ईन्द्रावती गाउँपालिका–५ का वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए।
वडाध्यक्ष आचार्यका अनुसार प्रतिकूल मौसम र पहाडी भौगोलिक कठिनाइका बाबजुद शिविरमा स्वदेशी तथा विदेशी आँखा रोग विशेषज्ञ र चिकित्सकको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण तथा उपचार सेवा पाउँदा सर्वसाधारण लाभान्वित भएका थिए।
शिविर सफल बनाउन सहयोग गर्ने संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक, सूचना सम्प्रेषणमा सहयोग गर्ने सञ्चारकर्मी तथा वडा र गाउँपालिकासँग समन्वय गर्ने सबैप्रति वडाध्यक्ष आचार्यले आभार व्यक्त गरेका छन्।
समय अभाव, प्रतिकूल मौसम तथा भौगोलिक कठिनाइका कारण लौरो टेकेर सेवा लिन आएका केही ज्येष्ठ नागरिकसहित अन्य सेवाग्राहीलाई उपचार सेवा उपलब्ध गराउन नसकिएकोमा उनले दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।