काठमाडौँ । मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्याम्पवाका प्रस्तुत भएका छन् ।

मंगलबार साँझ सोल्टी होटलमा आयोजित र्याम्प वाकमा उनीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्याम्प वाक प्रस्तुत गरे ।
नेपालको कला, संस्कृति, भाषा, मौलिक पहिचान तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रतियोगीहरूले नेपाली डिजाइनरहरूले तयार पारेका विशेष पहिरन लगाएर आफ्नो प्रस्तुति दिएका थिए ।
चार वटा विभिन्न रनमार्फत प्रस्तुत गरिएको उक्त रनवे शो लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी कुमारी चौधरी, आकृति पुन मगर, बिनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि कुमारी थापा, विमल कुमार पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली कुमारी चदार र हेमा जैगडी लगायतका डिजाइनरहरूले आकर्षक पहिरन तयार गरेका थिए ।
नेपाली सिर्जना, प्रतिभा र मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल २०२६’को विजेताले विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२६’को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
कार्यक्रम आयोजक संगीता पुरीले प्रतियोगिताको फाइनल छिट्टै आयोजना हुने जानकारी दिइन् ।











