२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।

हालै सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले गत आर्थिक वर्षमा कुल ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीहरुले २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।

यस आधारमा अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमकहरुको दाबी भुक्तानी २१.१६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ९ वटा कम्पनीको दाबी भुक्तानी बढेको छ भने ५ वटा कम्पनीको घटेको छ। रकमका आधारमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स अगाडि देखिएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यसअनुसार कम्पनीको दाबी भुक्तानी ३६.९२ प्रतिशतले बढेको हो।

त्यस्तै, शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ३ अर्ब २ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी ३१.३० प्रतिशतले बढेको छ।

दाबी भुक्तानी रकमका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष २ अर्ब ७६ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी २७.५३ प्रतिशतले बढेको हो।

यता, केही कम्पनीको दाबी भुक्तानी भने घटेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दाबी भुक्तानी ८.९४ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ६.६१ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ३.९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १०.०३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७.७५ प्रतिशतले घटेको छ।

वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुर्‍याएको छ। कम्पनीको दाबी भुक्तानी ५४.४४ प्रतिशतले बढेको हो।

त्यस्तै, रकमका आधारमा सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३० करोड १० लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।