२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राष्ट्रिय स्वाधीनतामाथि अभूतपूर्व संकट उत्पन्न भएको बताएका छन्। उनले सुगौली सन्धिपछि नेपालले अहिले जस्तो गम्भीर संकट पहिलोपटक भोगिरहेको दाबी गरेका हुन्।

काठमाडौंमा आयोजित ‘कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका हुन्।

प्रचण्डले भने, ‘अहिले देश साँच्चै संकटमा छ। सबैभन्दा ठूलो कुरा राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नुपरेको थिएन।’

उनले राष्ट्रिय स्वाधीनता, देशभक्तिपूर्ण तथा राष्ट्रवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताए।

प्रचण्डका अनुसार कम्युनिस्ट पार्टी गठन भएदेखि नै देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै कम्युनिस्ट आन्दोलनले जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ।

उनले वर्तमान परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कम्युनिस्ट शक्तिबीच एकता आवश्यक रहेकोमा जोड दिए। ‘राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति एकताको अर्को कुनै विकल्प छैन,’ उनले भने।

प्रचण्डले कम्युनिस्ट शक्तिहरूले अहंकार वा मनोगतवादी सोचका कारण विगतका गल्ती दोहोर्‍याउन नहुने बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षा र देशको वर्तमान संकट समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।