मेलम्ची । रसुवा बाढीपीडितहरूको सहयोगार्थ Unified Youth Network (UYN) मेलम्ची–९ को नेतृत्वमा सञ्चालित राहत अभियानबाट संकलित रु. ४६ हजार ४१७ रुपैयाँ ३४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
देश तथा विदेशमा रहेका नेपालीहरूको सहयोगमा संकलित उक्त रकम २०२६ सेप्टेम्बर ५ गते सम्बन्धित राहत कोषमा जम्मा गरिएको UYN ले जनाएको छ। रकम जम्मा गरिएको कारोबार विवरणको प्रमाणसमेत संस्थाले सार्वजनिक गरेको छ।
UYN मेलम्ची–९ को नेतृत्वमा सञ्चालन भएको अभियानमा विभिन्न व्यक्ति तथा सहयोगीहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको जनाइएको छ। अभियानबाट कुल रु. ४६,४१७.३४ संकलन भएको थियो।
विपद्को समयमा आर्थिक सहयोग, सद्भाव तथा राहत अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति UYN ले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
UYN ले “विपद्को समयमा देखाएको एकता, सहयोग र मानवता नै सबैभन्दा ठूलो शक्ति हो” भन्दै आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
संकलित रकम राहत कोषमा जम्मा गरिएको कारोबार विवरणको प्रमाण सार्वजनिक गर्दै UYN ले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति पुनः आभार व्यक्त गरेको छ।












