२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो

काठमाडौं । सामाजिक सुरक्षा कोष ले घर किन्नका लागि उपलब्ध गराउँदै आएको कर्जाको सीमा बढाएको छ।
कोषले अब योगदानकर्तालाई अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने निर्णय गरेको हो। यसअघि यस्तो कर्जाको सीमा ७५ लाख रुपैयाँ मात्र रहेको थियो।
कोषका अनुसार वैशाख ४ गतेदेखि नयाँ व्यवस्था लागू भएको हो। नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा प्राप्त गर्न सक्नेछन्।
कोषले जनाएको छ कि योगदानकर्ताले धितो तथा मासिक किस्ता तिर्न सक्ने क्षमताका आधारमा कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।
हाल कोषले योगदानकर्ताका लागि चार प्रकारका सापटी सुविधा सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी समावेश छन्।
कोषले योगदानकर्ताको सामाजिक सुरक्षालाई बलियो बनाउने तथा उनीहरूको आवासलगायत विभिन्न आवश्यकतामा आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले यस्तो कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।