२०८३ आश्विन २९ बिहीबार
२०८३ आश्विन २९ बिहीबार

बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा बाढीबाट प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने अवधि थप गरेको छ। राष्ट्र बैंकले प्रभावित ऋणीलाई राहतस्वरूप भुक्तानीका लागि थप समय उपलब्ध गराउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले मंगलबार राति विज्ञप्ति जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

संशोधित व्यवस्थाअनुसार बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका आयोजना तथा व्यवसाय, रसुवा भन्सार नाकामार्फत कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात–निर्यातमा आधारित व्यवसाय र बाढीबाट प्रभावित अन्य ऋणीले कर्जा भुक्तानीमा कठिनाइ भोगेको अवस्थामा थप समय पाउन सक्नेछन्।

यसका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, वित्तीय अवस्था, आयात–निर्यातमा परेको असर र कर्जाको उपयोगितालगायत पक्षको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ। विश्लेषणका आधारमा किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीको २०८२ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको अवधि २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले कर्जा प्रवाह तथा वर्गीकरणसम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४८ संशोधन गर्दै बाढी प्रभावित ऋणीलाई यस्तो सुविधा दिएको हो। यस व्यवस्थाबाट बाढीका कारण व्यवसायमा असर परी कर्जा भुक्तानी गर्न कठिनाइ भोगिरहेका व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।