२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक समस्याका कारण गम्भीर संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सफलतालाई नेपाली इतिहासमा नयाँ क्रान्तिको कडीका रूपमा व्याख्या गरेका भट्टराईले अहिले देशको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्तापक्ष र प्रतिपक्षभित्र चर्किंदो आन्तरिक द्वन्द्व तथा न्यायालय, प्रशासन र प्रहरीजस्ता राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले संकटको संकेत गरिरहेको उल्लेख गरेका छन् ।

त्यस्तै, अर्थतन्त्र निरन्तर ओरालो लाग्नु, प्राकृतिक विपत्तिको भार बढ्दै जानु, युवाहरू विदेश पलायन हुनु तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा निराशा चुलिनुले मुलुकको अवस्था थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

भट्टराईले अब कुनै पनि बहानामा देशले थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर बन्न आग्रह गरेका छन् ।

यसअघि चितवनमा आयोजित रास्वपाको महाधिवेशनमा सहभागी हुँदै भट्टराईले पार्टीको चुनावी सफलतालाई जनताको मन जितेर र आधुनिक प्रविधिको प्रयोगमार्फत हासिल गरिएको ऐतिहासिक उपलब्धि भन्दै प्रशंसा गरेका थिए । उनले त्यसलाई नेपाली इतिहासमा नयाँ क्रान्तिको कडीका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी, पाँच दिनअघि मात्रै उनले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारलाई आफ्नो पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका थिए । तर, अहिले मुलुक गम्भीर संकटतर्फ अघि बढिरहेको भन्दै उनले व्यक्त गरेको चिन्ताले उनको पछिल्लो राजनीतिक धारणाबारे चर्चा सुरु भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।