२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा (काभ्रे), १५ कात्तिक । मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् ।

जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा आँखाका रोगीको उपचारका साथै दृष्टिसम्बन्धी समस्याबारे परामर्श दिइएको थियो ।

शिविरमा मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ । रेयुकाई मासुनागा आँखा अस्पतालसँगको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । मोतिबिन्दुका बिरामीलाई सोही अस्पतालले निःशुल्क उपचार गर्ने जिल्ला सहकारी सङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले बताए ।

यसैबीच, काभ्रेवासीको पोषण अवस्था सुधार गर्न स्थानीय तहबीच समन्वय र पोषणसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको तीनदिने पोषण कार्यक्रमको आज भएको समापन समारोहमा जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, पोषण सम्पर्क व्यक्ति, ‘ओटिसी’ केन्द्रका प्रतिनिधि तथा मेथिनकोट अस्पतालका प्रतिनिधिले स्वास्थ्य संस्थाबीचको समन्वय, विद्यालय पोषण कार्यक्रमको प्रभावकारितामा जोड दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।