२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

थोरै शुल्कमा ठूलो सुरक्षा! सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई लक्षित गर्दै नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीको ९औँ वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ शुभारम्भ गरिएको हो।
असोज १ गते आयोजित Product Inauguration कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिले यो योजना लिन सक्नेछन्। कम लागतमा ठूलो आर्थिक सुरक्षा उपलब्ध गराउने उद्देश्यले ल्याइएको योजनाले विशेषगरी परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राखेको छ।
यस योजनामा न्यूनतम १० लाख रुपैयाँदेखि आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क छनोट गर्न सकिनेछ। बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ।
बीमितको मृत्यु भएमा बीमाङ्क रकमको १०० प्रतिशत दाबी भुक्तानी हुने कम्पनीले जनाएको छ। त्यस्तै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च तथा १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा समेत लिन सकिनेछ।
कम्पनीका अनुसार ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ कम्पनीका देशभरका शाखा तथा उपशाखाबाट खरिद गर्न सकिनेछ। साथै, डिजिटल माध्यमबाट पनि योजना खरिद गर्न सकिने र Sun Connect तथा कम्पनीको वेबसाइटमार्फत सेवा लिन सकिनेछ।
२०७४ साल असार ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको सन नेपाल लाइफको अधिकृत पूँजी १० अर्ब रुपैयाँ र चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ।
कम्पनीले हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।