२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं । गैरआवासीय नेपालीद्वारा स्थापित सानिमा हाइड्रो ग्रुपले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
ग्रुपले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गरिएको सानिमा हाइड्रो ग्रुपले जनाएको छ।
चेक हस्तान्तरण गर्दै ग्रुपले विपद्को यस कठिन अवस्थामा सरकारसँग एक्यबद्धता जनाउँदै प्रभावित नागरिकको सहयोगमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।