२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल आएको जनाएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार आवश्यक जाँचको रिपोर्ट उपलब्ध नभएकाले थप परीक्षण गराउन सुझाव दिइएको थियो। त्यसपछि बिरामी शय्यामा नरहेको अवस्थामा बिहान करिब पौने बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

प्रसूति भएपछि आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याइएको थियो। स्वास्थ्यकर्मीले नाल काट्नुका साथै आवश्यक उपचार तथा स्याहारका लागि अस्पतालमै बस्न आग्रह गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको प्रशासनले जनाएको छ।

हाल भने आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवैलाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ।

अस्पतालका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूलाई आवश्यक उपचार, औषधि तथा स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णयसमेत अस्पतालले गरेको छ।

अस्पतालको मूल गेटबाहिरै प्रसूति हुनुपर्ने अवस्था सिर्जना भएको विषयलाई प्रशासनले ‘अत्यन्त संवेदनशील र गम्भीर’ रूपमा लिएको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ।

छानबिनका क्रममा कुनै कर्मचारी वा सम्बन्धित पक्ष दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने अस्पतालले स्पष्ट पारेको छ। साथै, बाह्य छानबिन समिति गठन भएमा त्यसलाई आवश्यक सहयोग गर्ने पनि प्रशासनले जनाएको छ।

अस्पतालले वास्तविक तथ्य बाहिर नआएसम्म घटनाबारे संयमित हुन तथा सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न सरोकारवाला र सर्वसाधारणलाई आग्रह गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।