२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले आफ्नै मन्त्रालयका कर्मचारीमाथि गम्भीर आरोप लगाएकी छन्। उनले कर्मचारीहरूले उद्योगी–व्यवसायीसँग मिलेमतो गरेर काम गर्ने र आफूले सुधारका लागि दिएको निर्देशनसमेत बेवास्ता गर्ने गरेको बताएकी हुन्।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगीको स्वार्थअनुकूल विधेयक र कानुन बनाउने गरेको आरोप कर्मचारीमाथि लगाइन्। आफूले त्यस्ता प्रावधान परिवर्तन गर्न निर्देशन दिँदा कर्मचारीले पटक–पटक ‘मिल्दैन’ भन्दै असहयोग गर्ने गरेको उनको गुनासो थियो।

‘तपाईं १० चोटि भन्नुस्, मिल्दैन भनेर भन्छ। जे उद्योगीहरूले भन्छ, त्यही राख्न भन्छ,’ मन्त्री यादवले भनिन्। कर्मचारीतन्त्रकै असहयोगका कारण बलियो सरकार हुँदासमेत आफूले चाहेजस्तो सुधार गर्न नसकेको उनको दाबी छ।

मन्त्री यादवले नेपालमा ग्यास उद्योगको संख्या आवश्यकताभन्दा निकै बढी रहेको भन्दै ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको बताइन्। उनका अनुसार दुई वटासम्म ग्यास उद्योग भए पर्याप्त हुने र उद्योगको संख्या घटाएर आपूर्ति प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ।

ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूमाथि कडाइ गर्नुपर्ने धारणा राख्दै उनले भनिन्, ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’ उनले आयल निगमको मातहतमा ग्यास उद्योग राख्नुपर्ने प्रस्तावसमेत अघि सारेकी छन्।

मन्त्री यादवले नेपाललाई ग्यास, तेल, कपडा, चिनी र खाद्यान्नजस्ता आधारभूत वस्तुमा आत्मनिर्भर बनाउनुपर्ने बताइन्। साथै, तयारी वस्तु आयात सस्तो हुने तर स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ महँगो पर्ने भन्सार नीतिका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको भन्दै नीतिगत सुधार आवश्यक रहेको बताइन्।

कर्मचारीतन्त्र सुधार्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले लोक सेवाबाट आएका कर्मचारीको क्षमता सही दिशामा प्रयोग हुन नसकेको टिप्पणी गरिन्। ‘एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न। यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ,’ उनले भनिन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।