२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं. ५ को व्यवस्थित भू–व्यवस्थापन, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विस्तृत भौगोलिक तथा भू–उपयोग नक्सा तयार पारिएको छ। स्थानीय तहमा उपलब्ध जमिन, प्राकृतिक स्रोत र पूर्वाधारको व्यवस्थित अभिलेखीकरणका लागि यो नक्सांकन तयार गरिएको हो।
​तैयार नक्सामा वडाको समग्र भू–भागलाई कृषि क्षेत्र, बसोबास क्षेत्र, वन तथा जङ्गल, झाडी क्षेत्र, नदी/तटीय क्षेत्र र बगर क्षेत्रमा वर्गीकरण गरिएको छ। यसका साथै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, धार्मिक स्थल तथा बैंक तथा वित्तीय संस्थाहरेजस्ता प्रमुख सेवा र संस्थागत केन्द्रहरूलाई स्पष्ट रूपमा नक्सामा चिन्हित गरिएको छ।
​पूर्वाधारतर्फ वडाभित्र रहेका मुख्य तथा सहायक सडक, पैदल मार्ग, पुल, खोला र नदी प्रणालीलाई समेत नक्सामा समेटिएको छ। यसले सडक तथा भौतिक पूर्वाधारको वर्तमान अवस्था पहिचान गरी आगामी दिनमा आवधिक तथा एकीकृत विकास योजना निर्माण गर्न सहज हुनेछ।
​इन्द्रावती गाउँपालिकाका वडा नं. ४ र ६ तथा मेलम्ची नगरपालिकासँग भौगोलिक सीमा जोडिएको यस वडाको नयाँ नक्साले जग्गाको उपर्युक्त उपयोग, पूर्वाधारको प्राथमिकता निर्धारण र बाढी–पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।