
मेलम्ची–७ दुवाचौर वडा कार्यालयले काठमाडौंमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा बालबालिकाका लागि आर्थिक वर्ष २०८३/०८४ को सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ।
वडावासीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफ्नै वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाउँदै काठमाडौंमै सेवा उपलब्ध गराइएको हो। काठमाडौंमा बसोबास गर्ने वडावासीलाई सहजता प्रदान गर्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था गरिएको वडा सदस्य टंकबहादुर घलेले बताउनुभयो।
कार्यक्रममा वडा सदस्यहरू, वडा सचिवलगायत कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
वडावासीको सहजता र सेवामा पहुँच सुनिश्चित गर्न वडा कार्यालयले समय–समयमा काठमाडौंलगायत विभिन्न स्थानमा पुगेर यस्ता सेवा तथा कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष पासाङ तामाङले बताउनुभयो। उहाँले नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा वडा कार्यालयबाट प्रदान हुने सेवा उपलब्ध गराउने वडा कार्यालयको प्राथमिकता रहेको बताउनुभयो।आज भोलि र पर्सि यो क्रम जारि रहने बताइएको छ ।








