२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको शुभारम्भ गरेका हुन्।
अभियानअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्। उनीहरूले महँगी, बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवा, सुकुमबासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका कठिनाइबारे गुनासा तथा सुझाव सङ्कलन गर्नेछन्।
प्राप्त गुनासा सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने र प्रगतिको जानकारी जनतालाई दिने नेकपाले जनाएको छ।
अभियान आगामी मंसिर २५ गते समापन हुनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।