२०८३ कार्तिक ९ आईतवार
२०८३ कार्तिक ९ आईतवार

बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत निरीक्षण गरेका छन्।
बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित क्षेत्रमा भइरहेका पुनरुत्थानका प्रयासबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।
नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा राष्ट्रपति पौडेलले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग भेट गरेका थिए। भेटका क्रममा उनलाई बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान, राहत वितरण, होल्डिङ सेन्टरको व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनरुत्थानका लागि भइरहेका कामबारे जानकारी गराइएको थियो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लाको स्थलगत निरीक्षण तथा आवश्यक जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ प्रस्थान गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका काम सञ्चालन भइरहेका छन्।
राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्थाको जानकारी लिनुका साथै उद्धार तथा राहतका प्रयासबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका हुन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।