२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव

रुपन्देही । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेको भन्दै चौतर्फी निराशा सिर्जना गरेको आरोप लगाएका छन् ।

चुनावका बेला जनतासामु गरेका प्रतिबद्धताविपरीत सरकारका गतिविधि अघि बढिरहेको उल्लेख गर्दै यादवले महँगी, भ्रष्टाचार र बेथिति बढ्दै गएको दाबी गरेका हुन् ।

अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिले आइतबार बाँकेको नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन कायम गर्न असफल भएको आरोप लगाए ।

यादवले भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण हुनुको सट्टा बढ्दै गएको, महँगीले सर्वसाधारणको जनजीवन कष्टकर बनेको तथा गरिब र श्रमजीवी वर्ग थप समस्यामा परेको बताए ।

उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको, सरकारी अस्पतालमा सहज उपचार नपाइएको र स्वास्थ्य बिमा कार्यक्रमसमेत प्रभावकारी हुन नसकेको टिप्पणी गरे । गरिब तथा विपन्न नागरिकको पक्षमा सरकार उभिन नसकेको उनको आरोप थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले सरकार विदेशी ऋणमा निर्भर रहेको दाबी गर्दै वर्तमान अवस्थाले विगतका कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारकै झल्को दिएको बताए ।

अग्रगामी मोर्चाले लुम्बिनी प्रदेशका रुपन्देही र बाँकेमा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके गुप्ता, प्रलोपाका नेता जनार्दन शर्मालगायत विभिन्न राजनीतिक घटकका नेताहरूले सम्बोधन गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।