२०८३ कार्तिक ९ आईतवार
२०८३ कार्तिक ९ आईतवार

हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई

देविस्थान युवा क्लबको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को अवसरमा आयोजित हेलम्बु गाउँपालिकास्तरीय खुला फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि आयोजक टिम ‘बी’ ले जितेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेल हेलम्बु–५ र आयोजक टिम ‘बी’ बीच भएको थियो । फाइनलमा हेलम्बु–५ लाई पछि पार्दै आयोजक टिम ‘बी’ ले उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो भने आयोजक भूमेस्थान युवा क्लब ‘ए’ तेस्रो भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
समापन कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले खेलकुद र खेलाडीको विकासका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । हेलम्बुमा हालसम्म सुविधासम्पन्न खेलमैदानको अभाव रहेको उल्लेख गर्दै उहाँले खेलमैदान निर्माणका लागि सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।
अध्यक्ष शेर्पाले हेलम्बुको इतिहास, गौरव, नाम र सम्मान कायम राख्दै अझ उच्च बनाउन खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । खेलकुदले स्थानीय युवाको प्रतिभा प्रस्फुटन गर्न, अनुशासन विकास गर्न र गाउँपालिकाको पहिचान स्थापित गर्न सहयोग पुर्‍याउने उहाँको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक क्षिरिङ लामाले फुटबल, भलिबल, कराते, उस्सु लगायतका खेललाई हेलम्बुले प्राथमिकतामा राख्दै आएको बताउनुभयो। खेलकुद क्षेत्रको थप विकासका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
समापन समारोहमा हेलम्बु गाउँपालिका वडा नं. ७ का अध्यक्ष निलबहादुर तामाङ, वडा नं. ५ का अध्यक्ष दीपकुमार तामाङ र वडा नं. २ का अध्यक्ष पेम्बा ह्योल्मो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताको समापनलाई थप मनोरञ्जनात्मक बनाउन लोकगायक प्रदीप रोक्का, स्मृति गौतम र जितु लोप्चनलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनुभएको थियो। कार्यक्रमको सहजीकरण सुनिता लुम्बा र श्याम शर्मा लामिछानेले गर्नुभएको थियो ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजित प्रतियोगिताले हेलम्बुको खेलकुद गतिविधिलाई थप प्रोत्साहन गरेको आयोजकले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।