सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको १५ शय्याको अस्पतालमा अब डाक्टरसहित नियमित अस्पताल सेवा सञ्चालनमा आएको छ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले अस्पतालबाट नियमित स्वास्थ्य सेवा सुरु भएको जानकारी दिएका हुन्। उनका अनुसार अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्ध हुनेछन्।
अस्पतालमा डाक्टरसहित नियमित सेवा सञ्चालनमा आएपछि हेलम्बुवासी तथा आसपासका क्षेत्रका नागरिकलाई सामान्य उपचार तथा स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
अध्यक्ष ह्योल्मोले अस्पतालबाट उपलब्ध हुने निःशुल्क स्वास्थ्य सेवाबारे सम्पूर्ण हेलम्बुवासी तथा सेवाग्राहीलाई जानकारी गराउँदै यसको सूचना सबैसम्म पुर्याउन आग्रह गरेका छन्।
उनले “स्वस्थ नागरिक, समृद्ध हेलम्बु” भन्ने उद्देश्यअनुसार नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।












