२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सुस्ता घटनाबारे हर्कराज राईको सरकारसँग जवाफ माग

काठमाडौँ । हर्कराज राई ले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुस्तामा नेपाली नागरिकमाथि गरेको भनिएको हप्की-दप्कीको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल संसदलाई स्पष्ट जवाफ दिन माग गर्नुभएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त घटनासम्बन्धी भिडियो सार्वजनिक भइसकेको उल्लेख गर्दै रक्षामन्त्रीले तत्काल सदनमा आएर यथार्थ जानकारी दिनुपर्ने बताउनुभयो।

अध्यक्ष राईले सीमा क्षेत्रमा नेपाली सेना किन सक्रिय रूपमा परिचालित हुन नसकेको भन्दै प्रश्न उठाउनुभयो। उहाँले नेपाली सेना सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि वा सम्झौता भएको भए त्यसको विवरण संसदलाई उपलब्ध गराउन पनि सरकारलाई आग्रह गर्नुभयो।

उहाँले आफ्नै भूमिको रक्षा गर्न नेपाली नागरिकहरू मात्रै अग्रसर हुनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै सरकारले सीमा समस्याप्रति आवश्यक चासो नदिएको आरोप लगाउनुभयो।

संविधानले सुनिश्चित गरेको सूचनाको हकअनुसार सरकारले उक्त घटनाबारे सत्यतथ्य जानकारी संसदसमक्ष प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।