२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।

इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ । शुक्रबार र शनिबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका १२ वटै वडाका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या,नबिनतम कार्य लगायत बिषयमा चर्चा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल्सिनाले बताउनुभयो । समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण लगायालाई अझ प्राथमिकता दिएर काम गर्न आग्रह गर्नुभयो । स्थानीय तहले जिल्ला, प्रदेश र संघिय सरकारसंग समन्वयमा काम गर्न सके सहज हुने बताउनुभयो । उहाँले पालिकाको स्वास्थ्य क्षेत्रको कार्य राम्रो हुँदै गएको बताउदै प्राबिधिक लगायत सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।उहाँले निजि स्वास्थ्य संस्थाहरु कानुनि दायरामा रहेर काम गर्नु पर्ने बताउदै अनुगमनलाई तिब्र बनाइएको बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३ स्वास्थ्य संस्थालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत निसान सापकोटा लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको हिजो गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा पालिकाले उच्च महत्वका साथ प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।