काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ । अब उक्त बैठक आगामी सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आइतबार मनाइने मदन–आश्रित दिवसको तयारीका कारण आजको बैठक स्थगित गरिएको हो ।
बैठकमा पार्टीभित्रको कार्यविभाजन, संगठनात्मक विषय तथा फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा गर्ने एजेन्डा रहेको बताइएको छ । निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएको भन्दै पार्टीभित्र नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज समेत उठ्दै आएको छ


Post Views: 6










