काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले २०८३ असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। त्यस्तै, अग्राधिकार सेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको बैंकले जनाएको छ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट महेश घिमिरे र तेजबहादुर चन्द लाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सानिमा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति २९१ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, बैंकको कुल निक्षेप २४९ अर्ब ९३ करोड रुपैयाँ र खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।












