२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक । आशादीप बचत तथा ऋण सहकारी संस्था पाँचपोखरी थाङपाल ८ को १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका सहकारी शाखाका धुर्ब लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बागमती प्रदेश सहकारी संघका सञ्चालक समिति सदस्य निर्मला धिताल, लागर्चे साना किसान सहकारी संस्थाका अध्यक्ष गीता धिताललगायतको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष भक्तबहादुर पुरीको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सदस्यहरूको आर्थिक समृद्धि, पारदर्शिता तथा सहकारीको आगामी यात्रालाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको जनाइएको छ।

४ सय ६० सदस्य रहेको आशादीप बचत तथा ऋण सहकारी संस्थाको कुल कारोबार ३ करोड ८१ लाख रुपैयाँ पुगेको व्यवस्थापक ठाकुरप्रसाद धितालले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

साधारण सभामा संस्थाको वर्तमान अवस्था, आगामी योजना तथा सदस्यहरूको हितमा सञ्चालन गरिने कार्यक्रमका विषयमा समेत छलफल गरिएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।