२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

मानव बेचबिखनविरुद्धको सवालमा सुनिता फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक — मानव बेचबिखनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सुनिता फाउण्डेशनले मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङ, सिन्धुपाल्चोकमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मानव बेचबिखनको परिभाषा, यसको बदलिँदो स्वरूप, लैङ्गिक असमानता, विभेद, हिंसा तथा यस्ता कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिर्जना हुने मानव बेचबिखनको जोखिमबारे विस्तृत छलफल गरिएको थियो। साथै यस्ता जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल भएको थियो।

कार्यक्रममा तोकमाई तामाङ, उपाध्यक्ष, सुनिता फाउण्डेशनको उपस्थिति रहेको थियो। कार्यक्रममा समुदायका विभिन्न समूहमा आबद्ध महिला, पुरुष, युवा तथा किशोर–किशोरीहरूको समावेशी तथा अर्थपूर्ण सहभागिता रहेको थियो।

समुदायमा मानव बेचबिखनविरुद्धका विषयमा छलफल कार्यक्रम कम हुने गरेको उल्लेख गर्दै सहभागीहरूले यस विषयमा विशेष चासोका साथ कार्यक्रममा उपस्थिति जनाएको बताए। जनचेतनामूलक छलफल कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको र आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।

कार्यक्रमको सहजीकरण परियोजना अधिकृत संगिता नेपालीले गर्नुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।