२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति

काठमाडौं । नेपाल चिकित्सक सङ्घ ले नेशनल मेडिकल कलेज ले आवासीय चिकित्सकहरूमाथि कडा र अपमानजनक नियम लागू गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। कलेज प्रशासनले चिकित्सकहरूको व्यक्तिगत स्वतन्त्रता र पेसागत मर्यादामा आँच पुर्‍याउने काम गरेको भन्दै सङ्घले ती निर्णयहरू तत्काल फिर्ता लिन चेतावनी दिएको हो।

सङ्घका महासचिव सञ्जीव तिवारी द्वारा जारी विज्ञप्तिअनुसार कलेजले आवासीय चिकित्सकहरूका लागि आवास, खाना तथा इन्टरनेट सुविधाको शुल्क वार्षिक रूपमा बुझाउन अनिवार्य गरेको छ। साथै चिकित्सकहरूलाई उनीहरूको इच्छाविपरीत अनिवार्य रूपमा होस्टेलमा बस्न बाध्य पारिएको र भर्ना प्रक्रियामा उनीहरूका सक्कल शैक्षिक प्रमाणपत्र कलेज प्रशासनले आफ्नो नियन्त्रणमा राखेको तथ्यसमेत बाहिर आएको जनाएको छ।

सङ्घका अनुसार कलेजले चिकित्सकहरूलाई दिनमा चार पटकसम्म हाजिर गर्न बाध्य पार्ने व्यवस्था गरेर मानसिक दबाब दिने गरेको गुनासो पनि प्राप्त भएको छ।

सङ्घले यस्ता कार्यहरूलाई चिकित्सकहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। ‘चिकित्सकजस्तो जिम्मेवार पेसाकर्मीलाई चौबीसै घण्टा निगरानीमा राख्ने र उनीहरूको शैक्षिक कागजात कब्जा गर्ने कार्य कुनै पनि अर्थमा न्यायोचित हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

सङ्घले कलेज प्रशासनलाई आफ्ना निर्णयहरू तत्काल सच्याउन र चिकित्सकहरूलाई मर्यादित तथा सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता गर्न आग्रह गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।