२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा

काठमाडौं । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रलोपासँगको करिब पाँच महिना लामो आफ्नो राजनीतिक यात्रा टुङ्गिएको घोषणा गरेका हुन्।
राजीनामा घोषणासँगै किरातीले यस अवधिमा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, साथ सहयोग गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले पार्टीमा बिताएको पाँच महिनाको अनुभवलाई आफ्नो राजनीतिक जीवनको अमूल्य सम्पत्तिको रूपमा आत्मसात गरेको बताएका छन्।
किरातीले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै उनले जनसमुदायको भरोसा र शहीदहरूको अधुरो सपनालाई मुटुमा राखेर देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो आगामी राजनीतिक बाटो सजिलो नहुने स्वीकार गर्दै पनि जनताको विश्वास र शहीदहरूको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने दृढता व्यक्त गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।