सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट ईश्वरी प्रसाद न्यौपानेले केन्द्रीय महाधिवेशन प्रतिनिधि (श्रमिक कोटा) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।
न्यौपानेले ‘श्रमको सम्मान गरौँ, श्रमशक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँले आफ्नो उम्मेदवारीमार्फत श्रमिक वर्गको प्रतिनिधित्व गर्ने बताउनुभएको छ।
उम्मेदवारी घोषणा गर्दै न्यौपानेले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। पार्टीको संगठनात्मक प्रक्रियामा श्रमिक समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने उहाँको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन न्यौपानेले क्षेत्र नं. २ अन्तर्गतका पार्टी प्रतिनिधि, कार्यकर्ता तथा मतदातासँग मत माग्नुभएको छ।
उहाँले आफ्नो उम्मेदवारीलाई श्रमिक कोटाबाट पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रयासका रूपमा अघि सार्दै समर्थन र मतका लागि अपिल गर्नुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै सिन्धुपाल्चोकमा पनि महाधिवेशन प्रतिनिधि चयनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम अघि बढेको छ। क्षेत्र नं. २ बाट न्यौपानेको उम्मेदवारीसँगै श्रमिक कोटातर्फको प्रतिस्पर्धा पनि चर्चामा आएको छ।












