२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १ हजार र ५ सय रुपैयाँका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएममार्फत १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै ग्राहकको सुविधा र नजिकिँदै गरेको बडादशैंलाई लक्षित गरी एटीएमबाटै साना दरका नोट उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरेको जनाएको छ।
चाडपर्वका बेला साना दरका नोट साट्न बैंक तथा वित्तीय संस्थामा ग्राहकको भीड बढ्ने गरेको छ। एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन सके बैंकमा हुने भीड घटाउनुका साथै सेवाग्राहीलाई समेत सहज हुने राष्ट्र बैंकको अपेक्षा छ।
राष्ट्र बैंकका अनुसार केही बैंकसँग गरिएको छलफलका क्रममा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था प्राविधिक रूपमा सम्भव रहेको जानकारी प्राप्त भएको छ।
आम सर्वसाधारणको सुविधा तथा चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राख्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।