२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर आफ्नो राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार नै ग्यास उद्योगीहरूलाई लक्षित गर्दै यादवले ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्ति सार्वजनिक भएको थियो। उक्त अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको थियो।
विवादित अभिव्यक्तिपछि नै मन्त्री यादवले राजीनामा दिएपछि उनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरिसकेका छन् वा छैनन् भन्ने विषयमा भने थप विवरण सार्वजनिक हुन बाँकी छ।

काठमाडौं । घर निर्माण तथा खरिदका लागि बैंकबाट कर्जा लिन चाहने ग्राहकका लागि विभिन्न बैंकले फरक–फरक ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएका छन्। उपलब्ध विवरणअनुसार केही बैंकको स्थिर ब्याजदर तुलनात्मक रूपमा कम देखिएको छ।
सार्वजनिक विवरणमा राष्ट्रिय वाणिज्य बैंकले २० वर्षसम्मका लागि स्थिर ब्याजदर ६ प्रतिशत राखेको देखिन्छ। त्यसैगरी एनआईसी एशिया बैंकले २५ वर्षसम्मको अवधिका लागि स्थिर ब्याजदर ६.८९ प्रतिशत कायम गरेको छ।
कृषि विकास बैंकको २० देखि २५ वर्षसम्मको अवधिका लागि स्थिर ब्याजदर १२.१५ प्रतिशत रहेको विवरणमा उल्लेख छ। नबिल बैंकको १० वर्षसम्मको स्थिर ब्याजदर ८.८९ प्रतिशत छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० वर्षभन्दा बढी अवधिका लागि स्थिर ब्याजदर ८.७५ प्रतिशत रहेको छ।
यस्तै, नेपाल बैंकले ८ देखि १० वर्षसम्मका लागि स्थिर ब्याजदर ७.८९ प्रतिशत तथा सानिमा बैंकले ३ वर्षभन्दा माथिको अवधिका लागि स्थिर ब्याजदर ११ प्रतिशत तोकेको विवरणमा देखिन्छ। माछापुच्छ्रे बैंकको १० वर्षभन्दा बढी अवधिको स्थिर ब्याजदर ९.५० प्रतिशत रहेको छ।
अन्य बैंकतर्फ प्रभु बैंकको ७ वर्षभन्दा बढी अवधिको स्थिर ब्याजदर ८.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७.९९ देखि १०.९९ प्रतिशतसम्म र एभरेस्ट बैंकको ७ वर्षसम्मका लागि ७.२५ प्रतिशत स्थिर ब्याजदर रहेको विवरणमा उल्लेख छ।
६० लाख कर्जा लिँदा मासिक किस्ता कति?
दिइएको विवरणमा कर्मचारी सञ्चय कोषअन्तर्गत घर कर्जाको उदाहरणसमेत प्रस्तुत गरिएको छ। ८० लाख रुपैयाँ कर्जा २० वर्षका लागि लिँदा मासिक किस्ता ६० हजार ११८ रुपैयाँ र कुल ब्याज ६४ लाख २८ हजार रुपैयाँ देखाइएको छ। ६० लाख रुपैयाँ कर्जा लिँदा मासिक किस्ता ४५ हजार ८८८ रुपैयाँ, कुल ब्याज ४८ लाख २१ हजार रुपैयाँ र कुल तिर्नुपर्ने रकम करिब १ करोड ८ लाख रुपैयाँ हुने उल्लेख छ।
त्यस्तै, एनआईसी एशिया बैंकबाट ६० लाख रुपैयाँ २० वर्षका लागि कर्जा लिँदा मासिक किस्ता ४६ हजार ४८२ रुपैयाँ, कुल ब्याज ५१ लाख ५५ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड ११ लाख ५५ हजार रुपैयाँ हुने विवरणमा उल्लेख छ। ८० लाख रुपैयाँ कर्जा लिँदा मासिक किस्ता ६१ हजार ९०० रुपैयाँ, कुल ब्याज ६८ लाख ७४ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड ४८ लाख रुपैयाँ देखाइएको छ।
राष्ट्रिय वाणिज्य बैंकबाट ६० लाख रुपैयाँ २० वर्षका लागि कर्जा लिँदा मासिक किस्ता ५० हजार १८६ रुपैयाँ, कुल ब्याज ६० लाख ४४ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड २० लाख ४४ हजार रुपैयाँ हुने विवरणमा उल्लेख छ। ८० लाख रुपैयाँ कर्जामा मासिक किस्ता ६६ हजार ९०० रुपैयाँ, कुल ब्याज ८० लाख ५९ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड ६० लाख रुपैयाँ पुग्ने देखाइएको छ।
नोट: कर्जाको वास्तविक ब्याजदर, मासिक किस्ता तथा कुल भुक्तानी बैंकको पछिल्लो दर, कर्जाको प्रकार, अवधि र अन्य शुल्कअनुसार फरक पर्न सक्छ।

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।
कम्पनीको २०८३ भदौ २४ गते बसेको सञ्चालक समितिको १९२औँ बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले उपाध्यायको हालको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुने भएकाले त्यसपछि लागू हुने गरी आगामी चार वर्षको दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
निर्णयअनुसार उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि २०८७ कात्तिक ६ गतेसम्म रहनेछ।
कम्पनीले प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत गराएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।