काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत आईबीआरडी शाखाले उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्दै अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।
बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्याउँदै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान र प्रोत्साहन गर्दै उनीहरूको व्यावसायिक क्षमता, उत्साह तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बिष्टको विशेष उपस्थिति रहेको थियो। उनले अभिकर्ताहरूलाई व्यावसायिक रूपमा थप सक्रिय भएर काम गर्न प्रेरित गर्दै बीमा क्षेत्रको विकास र विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिकाबारे मार्गदर्शन तथा शुभकामना व्यक्त गरे।
कार्यक्रममा शाखाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो।
सम्मान तथा उत्प्रेरणा कार्यक्रमले अभिकर्ताहरूमा थप ऊर्जा र उत्साह सिर्जना गर्नुका साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा बीमा व्यवसाय विस्तार गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।
रिलायबल नेपाल लाइफले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहित गर्दै बीमा पहुँच विस्तार तथा व्यवसायिक क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ।












