२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो

​‘मेलम्ची सुरुङमा लेदो भरिने र काठमाडौंको पानी आपूर्ति ठप्प हुने जोखिम’

काठमाडौं ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढेको भन्दै विपद् आइसकेपछि उद्धार र राहतमा जुट्नुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी, वैज्ञानिक अध्ययन र जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्ने माग गरिएको छ।
​हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हालै रसुवामा भएको विपद् र विगतमा हेलम्बु-मेलम्ची क्षेत्रमा आएको बाढी-पहिरोबाट पाठ सिक्दै राज्यले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। सामान्य अवस्थामा जोखिम न्यूनीकरणलाई बेवास्ता गर्ने र घटना घटेपछि मात्र सक्रिय हुने प्रवृत्तिको अब अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।
​विशेषगरी भेमाथाङभन्दा माथिल्लो क्षेत्रमा रहेका ग्लेसियर तथा हिमतालमा जोखिम बढ्दै गएकाले सम्भावित हिमपहिरो, बाढी वा हिमताल विस्फोटन भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
​यसका साथै, विपद्को ठूलो प्रभाव मेलम्ची खानेपानी आयोजनामा पर्न सक्ने भन्दै अध्यक्ष ह्योल्मोले गम्भीर चिन्ता व्यक्त गरे। बाढी र हिमपहिरोसँगै आउने लेदो तथा मलबा (ढेर) सुरुङभित्र प्रवेश गरेमा सुरुङ लामो दूरीसम्म पुरिने र यसले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा दीर्घकालीन सङ्कट ल्याउन सक्ने उनले बताए।
​”विपद् आएपछि पुनर्निर्माणमा ठूलो रकम खर्चनुभन्दा अगावै सुरक्षित संरचना निर्माण गर्नु र अध्ययनमा लगानी गर्नु बुद्धिमानी हुन्छ,” अध्यक्ष ह्योल्मोले भने, “यस विषयलाई केवल बहस र भाषणमा सीमित नराखी संघीय सरकारले तत्काल भेमाथाङ र मेलम्चीको माथिल्लो मुहान क्षेत्रको विस्तृत वैज्ञानिक अध्ययन गरी ठोस कदम चालोस्।”
​उनले विपद् आउनुअघि नै गरिने आजको पूर्वतयारीले भोलिको ठूलो धनजनको क्षति रोक्न सक्ने भन्दै सबैलाई सचेत र सुरक्षित रहन अपिलसमेत गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।