२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

काठमाडौं । पछिल्लो समय जीवन बीमा अभिकर्ताको परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने क्रम बढेको पाइएको छ। परीक्षाको मर्यादा र अभिकर्ताको व्यावसायिक साखमै प्रश्न उठ्ने गरी अनियमितता हुन थालेपछि नेपाल बीमा प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको हो।

प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमितता गरेको भन्दै ४७ जना परीक्षार्थीलाई कारबाही गरेको जनाएको छ। उनीहरूलाई तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बीमा अभिकर्ताको परीक्षा सञ्चालनका क्रममा आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटो र परीक्षामा उपस्थित व्यक्तिबीच फरक भेटिएपछि उनीहरूमाथि कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा विभिन्न जीवन बीमा कम्पनीबाट परीक्षामा सहभागी भएका व्यक्ति रहेका छन्। नेपाल लाइफ इन्स्योरेन्सबाट १0 जना, सन नेपाल लाइफबाट ६ जना र सूर्यज्योति लाइफबाट ६ जना कारबाहीमा परेका छन्।

त्यस्तै, रिलायबल नेपाल लाइफका ३ जना, सिटिजन लाइफका ४ जना, हिमालयन लाइफका ३ जना तथा आईएमई लाइफका ४ जना कारबाहीमा परेका छन्।

एसियन लाइफ, प्रभु महालक्ष्मी लाइफ र मेट लाइफबाट २–२ जना कारबाहीमा परेका छन्। क्रेस्ट माइक्रो लाइफ, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र सानिमा रिलायन्स लाइफबाट १–१ जना कारबाहीमा परेका छन्।

यी हुन् कारबाहीमा परेका परीक्षार्थी

नेपाल लाइफ इन्स्योरेन्स: खम्सुम लामा, मुना रेग्मी, चिरञ्जन यादव, मुकेश आग्री, विष्णुकुमार उपाध्याय, शुष्मा छत्याल, मानबहादुर चौधरी, सुमी यादव, दुर्गाप्रसाद काफ्ले र धिरज निरौला।

सन नेपाल लाइफ: सन्ध्या परियार, दीपकराज चौधरी, देवका गोतामे भट्ट, डम्बरी बोहरा, सन्दीप दवाडी र सुनिता थापा।

सूर्यज्योति लाइफ: निरा बस्नेत केसी, पार्वती केसी, सब्नम इवारम थेबे, लादिकी शेर्पा, शुभेच्छा श्रेष्ठ र अजिताकुमारी यादव।

रिलायबल नेपाल लाइफ: सन्ध्या सापकोटा, लोकेन्द्र पुन र गोमा सुवेदी।

एसियन लाइफ: प्रतिभा पोख्रेल र प्रमोदकुमार साह।

प्रभु महालक्ष्मी लाइफ: सुस्मिता सिग्देल र सनम राजवंशी।

मेट लाइफ: जेसिका गुरुङ र निर्मला क्षत्री गोदार।

सिटिजन लाइफ: करुणा वली, तिलकबहादुर गिरी, दीपक बिष्ट र रमेश कार्की।

हिमालयन लाइफ: सुनिलकुमार साह, नामसाङ आङदेम्बे र भुवन चन्द वालान।

आईएमई लाइफ: सुरज बिल्टाउ, लक्ष्मी तिमल्सेना, रवि थापामगर र प्रकाश दर्लामी।

क्रेस्ट माइक्रो लाइफ: नन्दन बडाल।

नेसनल लाइफ: रोजिना राई।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल): जितेन्द्रप्रसाद तिवारी।

सानिमा रिलायन्स लाइफ: पदमाकुमारी विक।

बीमा अभिकर्ताको परीक्षा निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन प्राधिकरणले परीक्षा प्रणालीमा कडाइ गर्दै आएको छ। आईआरएमआईएस प्रणालीमा रहेको विवरणसँग परीक्षार्थीको पहिचान नमिलेमा अनियमितता भएको ठहर गरी कारबाही गर्ने व्यवस्था अपनाइएको प्राधिकरणले जनाएको छ।

काठमाडाैँ । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका छन्। सामाजिक सञ्जालमा एक भावुक सन्देश जारी गर्दै उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी दिएका हुन्।

काठमाडौं । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चालित १२ वटा वाणिज्य बैंकका शाखा कार्यालयहरूमा प्रत्यक्ष रूपमा ६० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।

नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका कुल १६ वटा शाखा कार्यालयमध्ये १५ वटा पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा शाखामा गम्भीर क्षति पुगेको छ।

६० करोड भौतिक नोक्सानी, कर्जा लगानीमा उच्च जोखिम

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार नगद बाहेकका भौतिक संरचना, प्रविधि र उपकरणमा मात्रै करिब ६० करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।

बैंकको भल्ट, काउन्टर र एटीएममा रहेको नगद बीमा हुने भएकाले त्यसलाई प्रत्यक्ष क्षतिमा गणना गरिएको छैन। प्रभावित क्षेत्रका बैंकहरूमा:

नगद भल्ट: १७ करोड २४ लाख रुपैयाँ

काउन्टर नगद: १ करोड १७ लाख रुपैयाँ

एटीएम नगद (९ वटा): १ करोड १६ लाख ६३ हजार रुपैयाँ रहेको थियो।

संघका अनुसार बाढी प्रभावित क्षेत्रमा बैंकहरूको जलविद्युत् बाहेक २ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी रहेको छ। बाढीले धितो राखिएका जग्गाजमिन र भौतिक संरचना नै बगाएपछि बैंकहरूको लगानीमा ठूलो जोखिम सिर्जना भएको शर्माले बताए।

कृषि विकास बैंकमा ठूलो क्षति, लकरका सामान नष्ट

बाढीबाट सबैभन्दा ठूलो नोक्सानी कृषि विकास बैंकको त्रिशूली शाखामा भएको छ। उक्त शाखा पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै प्रयोगमा रहेका ६४ वटा ग्राहक लकर बक्सहरूमा समेत क्षति पुगेको छ।

लकरमा राखिएका सामानको बीमा नहुने र त्यहाँ के राखिएको थियो भन्ने विवरण बैंकसँग नहुने भएकाले ग्राहकहरूले व्यक्तिगत रूपमा ठूलो नोक्सानी ब्यहोर्नुपर्ने देखिएको छ। तर, सुन धितो राखेर लिइएको कर्जाको भने बीमा हुने भएकाले त्यसलाई क्षतिमा समावेश गरिएको छैन।

२६ बैंक कर्मचारी अझै सम्पर्कविहीन

बाढीका कारण बैंकका भौतिक संरचना ध्वस्त हुनुका साथै मानवीय क्षतिसमेत भएको आशंका गरिएको छ। प्रभावित क्षेत्रमा कार्यरत १२ विभिन्न बैंकका २६ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।

क्षतिग्रस्त बैंक र शाखाहरूको विवरण:

कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनएमबी र सानिमा बैंक: १-१ शाखा

प्रभु बैंक: २ शाखा

एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक: ३-३ शाखा

प्रतिकूल अवस्थाका बाबजुद उद्धार र कर्मचारीहरूको खोजी कार्य जारी राखिएको तथा प्रभावित क्षेत्रमा वैकल्पिक बैंकिङ सेवा सञ्चालनका लागि प्रयास भइरहेको संघले जनाएको छ। बाढी प्रभावित शाखाहरूमा कुल ७८ हजार २ सय ४ जना निक्षेपकर्ता र ४ अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेको छ।

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ-बाइरोड-नौबिसे-पालुङ-भैँसे तथा फर्पिङ-कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा-छहरे-नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

भेटमा सरकारले खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापनलगायतका प्रभावित नागरिकहरुको पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ ।

इन्द्रावती (सिन्धुपाल्चोक) ।

इन्द्रावती गाउँपालिका-५ स्थित ऐंसेलुखर्क माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ ‘बाली विज्ञान’ (Plant Science) अध्ययनरत विद्यार्थीहरूका लागि ३ दिने बाली उपचार शिविर तथा प्रयोगात्मक अध्ययन अवलोकन भ्रमण कार्यक्रम सुरु भएको छ।

स्थानीय सुर्यकोट क्षेत्रका झन्डै एक दर्जन कृषकहरूको धान खेत र अदुवा बारीमा पुगेर विद्यार्थीहरूले बालीमा लाग्ने रोग तथा किराहरूको प्रत्यक्ष पहिचान र निराकरणका उपायहरूबारे व्यवहारिक ज्ञान हासिल गरिरहेका छन्।

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा दक्ष बनाउने उद्देश्यले सञ्चालित यस शिविरमा विद्यालयका विषय विज्ञ शिक्षकहरू प्रविण भट्टराई र निराजन बन्जाडेले सहजीकरण गरिरहनुभएको छ।

३ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत भोलि (दोस्रो दिन) वडा कार्यालयमा स्थानीय कृषकहरूसँग बालीमा लाग्ने रोग तथा तिनको निदान सम्बन्धी बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ भने पर्सी (तेस्रो दिन) अध्ययन शिविरको औपचारिक समापन हुनेछ।

प्रयोगात्मक अध्ययन अवलोकन भ्रमणमा विषय शिक्षकहरूसँगै स्थानीय जनप्रतिनिधि र कृषकहरूको समेत उत्साहजनक सहभागिता रहेको छ। यस किसिमको व्यावहारिक अभ्यासले एकातिर विद्यार्थीहरूको दक्षता अभिवृद्धि हुने र अर्कोतिर स्थानीय कृषकहरूले आफ्ना बालीमा देखिएका रोग-किराको समस्याबारे परामर्श पाई प्रत्यक्ष लाभ लिने विश्वास लिइएको छ।

​‘मेलम्ची सुरुङमा लेदो भरिने र काठमाडौंको पानी आपूर्ति ठप्प हुने जोखिम’
​
काठमाडौं ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढेको भन्दै विपद् आइसकेपछि उद्धार र राहतमा जुट्नुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी, वैज्ञानिक अध्ययन र जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्ने माग गरिएको छ।
​हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हालै रसुवामा भएको विपद् र विगतमा हेलम्बु-मेलम्ची क्षेत्रमा आएको बाढी-पहिरोबाट पाठ सिक्दै राज्यले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। सामान्य अवस्थामा जोखिम न्यूनीकरणलाई बेवास्ता गर्ने र घटना घटेपछि मात्र सक्रिय हुने प्रवृत्तिको अब अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।
​विशेषगरी भेमाथाङभन्दा माथिल्लो क्षेत्रमा रहेका ग्लेसियर तथा हिमतालमा जोखिम बढ्दै गएकाले सम्भावित हिमपहिरो, बाढी वा हिमताल विस्फोटन भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
​यसका साथै, विपद्को ठूलो प्रभाव मेलम्ची खानेपानी आयोजनामा पर्न सक्ने भन्दै अध्यक्ष ह्योल्मोले गम्भीर चिन्ता व्यक्त गरे। बाढी र हिमपहिरोसँगै आउने लेदो तथा मलबा (ढेर) सुरुङभित्र प्रवेश गरेमा सुरुङ लामो दूरीसम्म पुरिने र यसले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा दीर्घकालीन सङ्कट ल्याउन सक्ने उनले बताए।
​”विपद् आएपछि पुनर्निर्माणमा ठूलो रकम खर्चनुभन्दा अगावै सुरक्षित संरचना निर्माण गर्नु र अध्ययनमा लगानी गर्नु बुद्धिमानी हुन्छ,” अध्यक्ष ह्योल्मोले भने, “यस विषयलाई केवल बहस र भाषणमा सीमित नराखी संघीय सरकारले तत्काल भेमाथाङ र मेलम्चीको माथिल्लो मुहान क्षेत्रको विस्तृत वैज्ञानिक अध्ययन गरी ठोस कदम चालोस्।”
​उनले विपद् आउनुअघि नै गरिने आजको पूर्वतयारीले भोलिको ठूलो धनजनको क्षति रोक्न सक्ने भन्दै सबैलाई सचेत र सुरक्षित रहन अपिलसमेत गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।