२०८३ श्रावण २९ शुक्रबार
२०८३ श्रावण २९ शुक्रबार

इन्द्रावती–५ मा महिलालाई २०० थान साडी वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा स्थानीय महिलाहरूलाई साडी वितरण गरिएको छ। शुक्रबार पुष्प गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच २०० जना महिलालाई साडी वितरण गरिएको हो।
​इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशिनाथ आचार्यले कार्यक्रमका सहभागी महिलाहरूलाई साडी हस्तान्तरण गर्नुभएको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान र सामाजिक सहभागिता अभिवृद्धि गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। महिलाहरूको सशक्तीकरणबिना समाजको समग्र विकास असम्भव रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि महिला लक्षित, उनीहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका विभिन्न उपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
​स्थानीय महिला तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा साडी पाएपछि स्थानीय महिलाहरूले खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।