२०८३ असार १५ सोमबार
२०८३ असार १५ सोमबार

बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं, असार १४ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुखले समय दिएपछि एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ूराष्ट्रहितविपरीतू भन्दै त्यसका लागि देशसँग माफी माग्नुपर्ने बताए।

उनले भने, ूराष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ।ू साथै, उक्त अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन पनि उनले माग गरे।

प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै, ूभारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँको जग्गा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ,ू भन्ने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त भनाइप्रति विपक्षी दलहरूले त्यसयता लगातार विरोध जनाउँदै आएका छन्। एमालेले यसलाई राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा स्पष्टीकरण र माफीको माग दोहोर्‍याएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।