
विपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रदेश संरचना खारेज गर्ने निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले निर्वाचनका बेला प्रदेश र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाएको रास्वपाले अहिले प्रदेश खारेज गर्ने निर्णय गर्नु जनतामाथिको धोका र बेइमानी भएको टिप्पणी गर्नुभयो।
उहाँले संविधान, संघीयता र गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधिको आफूहरू डटेर सामना गर्ने चेतावनीसमेत दिनुभयो।
दुलालले निर्वाचनअघि उचित व्यवस्थापन नगरी सुकुम्बासी बस्ती नहटाउने प्रतिबद्धता जनाइएको भए पनि सरकारमा पुगेपछि सुकुम्बासीहरूको बिचल्ली बनाउने काम रास्वपाले नै गरेको आरोप लगाउनुभयो।
उहाँले रास्वपाले चुनावी प्रतिबद्धताविपरीत निर्णय र कार्यशैली अपनाएको भन्दै त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो।
काठमाडौं, असार १४ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुखले समय दिएपछि एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ूराष्ट्रहितविपरीतू भन्दै त्यसका लागि देशसँग माफी माग्नुपर्ने बताए।
उनले भने, ूराष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ।ू साथै, उक्त अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन पनि उनले माग गरे।
प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै, ूभारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँको जग्गा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ,ू भन्ने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइप्रति विपक्षी दलहरूले त्यसयता लगातार विरोध जनाउँदै आएका छन्। एमालेले यसलाई राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा स्पष्टीकरण र माफीको माग दोहोर्याएको छ।





