सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित बिन्जेलमा यसपालि दशैंको अवसरमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय नवज्योति युवा क्ल्बले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा चर्चित गायिक रचना रिमाललगायतका कलाकार सहभागी हुने क्लबका अध्यक्ष मिलन सुवेदीले जानकारी दिएका छन् ।
अध्यक्ष सुवेदीका अनुसार कात्तिक २ गते महाअष्टमीको दिन बिन्जेलस्थित खर्क चउरमा हुने साँस्कृतिक कार्यक्रममा कलाकारहरु पूजा तामाङ, कुमार चालिसे, लक्ष्मी पराजुली, दिपेश श्रेष्ठ, कुशल कार्की र छ्याङछिङ लामाको प्रस्तुति रहनेछ । यससँगै अरु स्थानीय कलाकारले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।
साँस्कृतिक समारोहबीच उक्त चउरमा बनेको नवनिर्मित मञ्चको पनि पनि उद्घाटन हुनेछ । मञ्चको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ले गर्नेछन् । गाउँपालिकाले उक्त क्लवको सिर्जनशील काममा निरन्तर सहयोग गर्दै आइरहेको छ ।
नवज्योति युवा क्लवले विगतदेखि नै यस्ता साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।












