२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक । दोस्रो सेतिदेवी कप २०८३ अन्तर्गत ‘८ ए’ साइड खुला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। उपाधि यात्रामा रहेका चार टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
आयोजक बोडगाउँ युवा क्लबले सार्वजनिक गरेको खेलतालिकाअनुसार पहिलो सेमिफाइनलमा इन्द्रावती–४ र सिपा नौलिङ्गेश्वरबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान ७:३० बजे सुरु हुनेछ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा मण्डन स्पोर्ट्स क्लब र ग्रेभिक्स एफसी आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल बिहान ९ बजे सञ्चालन हुनेछ।
दुवै सेमिफाइनलका विजेता टोली उपाधिका लागि भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार तामाङ ‘समीर’को प्रमुख आतिथ्यतामा भव्य रूपमा गरिने आयोजक बोडगाउँ युवा क्लबले जनाएको छ।
सेमिफाइनलका रोमाञ्चक प्रतिस्पर्धापछि उपाधि कसले उचाल्ने भन्ने चासो बढेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।