२०८३ आश्विन ११ आईतवार
२०८३ आश्विन ११ आईतवार

पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वकेन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ का थापा केही वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेस प्रवेशपछि उनलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।
थापा २०७९ सालको स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनदेखि २०८२ सालमा सम्पन्न निर्वाचनसम्म कांग्रेसको पक्षमा सक्रिय रूपमा चुनावी अभियानमा खटिएका थिए। उनी गाउँगाउँ पुगेर पार्टीका उम्मेदवारका पक्षमा मत माग्दै कार्यकर्तासँग प्रत्यक्ष रूपमा जोडिएका थिए।
निर्वाचनका क्रममा थापाको सक्रियता र कार्यकर्तामाझ पुग्ने शैलीले पार्टीका स्थानीय नेता तथा कार्यकर्तामा उत्साह र ऊर्जा थपेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।
राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका थापालाई पार्टीले केन्द्रीय सदस्य हुँदै अहिले महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने अवसर दिनुलाई कांग्रेसभित्र फरक राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिलाई समेत जिम्मेवारी र स्थान दिने अभ्यासका रूपमा हेरिएको छ। यसले नयाँ पुस्तामा पनि पार्टीप्रति आकर्षण र राजनीतिक सक्रियताका लागि ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
थापा इन्द्रावती गाउँपालिका–६ बाट यसअघि नै सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भइसकेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।