२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही

काठमाडौं । पछिल्लो समय जीवन बीमा अभिकर्ताको परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने क्रम बढेको पाइएको छ। परीक्षाको मर्यादा र अभिकर्ताको व्यावसायिक साखमै प्रश्न उठ्ने गरी अनियमितता हुन थालेपछि नेपाल बीमा प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको हो।

प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमितता गरेको भन्दै ४७ जना परीक्षार्थीलाई कारबाही गरेको जनाएको छ। उनीहरूलाई तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बीमा अभिकर्ताको परीक्षा सञ्चालनका क्रममा आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटो र परीक्षामा उपस्थित व्यक्तिबीच फरक भेटिएपछि उनीहरूमाथि कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा विभिन्न जीवन बीमा कम्पनीबाट परीक्षामा सहभागी भएका व्यक्ति रहेका छन्। नेपाल लाइफ इन्स्योरेन्सबाट १0 जना, सन नेपाल लाइफबाट ६ जना र सूर्यज्योति लाइफबाट ६ जना कारबाहीमा परेका छन्।

त्यस्तै, रिलायबल नेपाल लाइफका ३ जना, सिटिजन लाइफका ४ जना, हिमालयन लाइफका ३ जना तथा आईएमई लाइफका ४ जना कारबाहीमा परेका छन्।

एसियन लाइफ, प्रभु महालक्ष्मी लाइफ र मेट लाइफबाट २–२ जना कारबाहीमा परेका छन्। क्रेस्ट माइक्रो लाइफ, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र सानिमा रिलायन्स लाइफबाट १–१ जना कारबाहीमा परेका छन्।

यी हुन् कारबाहीमा परेका परीक्षार्थी

नेपाल लाइफ इन्स्योरेन्स: खम्सुम लामा, मुना रेग्मी, चिरञ्जन यादव, मुकेश आग्री, विष्णुकुमार उपाध्याय, शुष्मा छत्याल, मानबहादुर चौधरी, सुमी यादव, दुर्गाप्रसाद काफ्ले र धिरज निरौला।

सन नेपाल लाइफ: सन्ध्या परियार, दीपकराज चौधरी, देवका गोतामे भट्ट, डम्बरी बोहरा, सन्दीप दवाडी र सुनिता थापा।

सूर्यज्योति लाइफ: निरा बस्नेत केसी, पार्वती केसी, सब्नम इवारम थेबे, लादिकी शेर्पा, शुभेच्छा श्रेष्ठ र अजिताकुमारी यादव।

रिलायबल नेपाल लाइफ: सन्ध्या सापकोटा, लोकेन्द्र पुन र गोमा सुवेदी।

एसियन लाइफ: प्रतिभा पोख्रेल र प्रमोदकुमार साह।

प्रभु महालक्ष्मी लाइफ: सुस्मिता सिग्देल र सनम राजवंशी।

मेट लाइफ: जेसिका गुरुङ र निर्मला क्षत्री गोदार।

सिटिजन लाइफ: करुणा वली, तिलकबहादुर गिरी, दीपक बिष्ट र रमेश कार्की।

हिमालयन लाइफ: सुनिलकुमार साह, नामसाङ आङदेम्बे र भुवन चन्द वालान।

आईएमई लाइफ: सुरज बिल्टाउ, लक्ष्मी तिमल्सेना, रवि थापामगर र प्रकाश दर्लामी।

क्रेस्ट माइक्रो लाइफ: नन्दन बडाल।

नेसनल लाइफ: रोजिना राई।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल): जितेन्द्रप्रसाद तिवारी।

सानिमा रिलायन्स लाइफ: पदमाकुमारी विक।

बीमा अभिकर्ताको परीक्षा निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन प्राधिकरणले परीक्षा प्रणालीमा कडाइ गर्दै आएको छ। आईआरएमआईएस प्रणालीमा रहेको विवरणसँग परीक्षार्थीको पहिचान नमिलेमा अनियमितता भएको ठहर गरी कारबाही गर्ने व्यवस्था अपनाइएको प्राधिकरणले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।