काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार र समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

क्यानले शनिबार जारी गरेको विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको हो।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सदैव प्रतिबद्ध रहने जनाएको छ।
साथै, प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन क्यानले सम्बन्धित सबै पक्षलाई सहकार्य र सहयोगका लागि आह्वान गरेको छ।

Post Views: 76









