२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि काठमाडौ गोर्खाजले भारतका केएस भरतलाई भित्र्याएको छ।

काठमाडौंले उनीसँग सम्झौता भएको आइतबार सार्वजनिक गरेको हो।

विकेटकिपर ब्याटर भरतले भारतका लागि ७ टेस्ट खेलेका छन्। उनले सन् २०२३ मा अस्ट्रेलियाविरूद्ध टेस्टमा डेब्यू गरेका थिए। यद्यपी उनी एक वर्ष मात्र भारतीय टिममा रहन सफल भए।

आइपिएल टिम दिल्ली र बेंगलुरुबाट खेलेका उनले भारतीको पहिलो श्रेणीका ११३ खेल खेल्दै ६१०२ रन बनाएका छन्।

३२ वर्षीय भरतले गत जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएसँगै उनलाई विदेशी लिग खेल्ने बाटो खुलेको थियो।

काठमाडौंको कप्तानमा करण केसी छन् भने यो सिजनको एनपिएल कात्तिक ९ देखि त्रिवि मैदानमा सुरु हुँदैछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।