२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

काठमाडौंमा क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला, ‘चुलोचौकादेखि खेल मैदानसम्म’ अभियान तीव्र

uकाठमाडौँ। महिलाहरूलाई चुलोचौकाको घरायसी दायराबाट बाहिर निकालेर अन्तर्राष्ट्रिय खेल मैदानसम्म पुर्‍याउने उद्देश्यका साथ क्याच एन्ड सर्भ बल नेपालको प्रथम राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ।
​‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ साउन ३० गते राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा जनप्रतिनिधि, खेलकुद पदाधिकारी तथा महिला अधिकारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
​महिला सशक्तीकरण र नेतृत्व विकासको नयाँ माध्यम
​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राष्ट्रिय सभा सदस्य डा. अन्जन शाक्यले खेलकुद महिलाको शारीरिक र मानसिक स्वास्थ्य सुधारका साथै आत्मविश्वास बढाउने सशक्त माध्यम भएको बताउनुभयो। नेपालमा नयाँ खेलका रूपमा प्रवेश पाएको क्याच एन्ड सर्भ बललाई देशका कुनाकाप्चासम्म पुर्‍याउन राज्यका सम्बन्धित निकाय र स्थानीय तहले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
​त्यस्तै, विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलालाई अवसर र सहभागिता दिलाउन सके उनीहरूले खेल क्षेत्रका साथै सामाजिक र राजनीतिक नेतृत्वमा समेत उत्कृष्ट प्रदर्शन गर्न सक्ने दाबी गर्नुभयो।
​जनजाति महासंघका अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमन्त्री निमा लामाले खेलकुदलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक रूपान्तरणको औजार बनाउनुपर्ने धारणा राख्नुभयो।
​इजरायलबाट भित्रिएको खेल, नेपालभर विस्तार गर्ने लक्ष्य
​इजरायल तथा युरोपेली देशहरूमा अत्यन्तै लोकप्रिय रहेको यो खेल वैदेशिक रोजगारीका क्रममा इजरायल पुगेका नेपाली महिलाहरूले करिब तीन–चार वर्षअघि नेपाल भित्र्याएका हुन्।
​मनास्लु महिला क्षमता विकास केन्द्रकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले वर्षभरि गरेका उपलब्धि र आगामी रणनीतिक योजना प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रशिक्षक (कोच) पेम्बा डोल्मा लामाले संस्थाको प्रगति विवरण र चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निरु गुरुङले गर्नुभएको थियो।
​कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी कार्यवाहक प्रमुख साननानी लामा, शंखरापुरकी उपप्रमुख समिता श्रेष्ठ, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निवर्तमान प्रमुख कृष्णगोपाल तामाङ तथा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव टंकलाल घिसिङलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
​संस्थाले आगामी दिनमा यस खेललाई देशभरका स्थानीय तहसम्म पुर्‍याउँदै महिला सशक्तीकरणको अभियानलाई अझ व्यापक र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।