
३१ भाद्र २०८२, मंगलवार १३:१६
मेलम्ची, भाद्र ३१ – मेलम्ची नगरपालिकाको कार्यपालिका बैठकले हालै सम्पन्न GenZ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालीहरू प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
२०८२ साल भाद्र २३ र २४ गते देशव्यापी रूपमा आयोजित आन्दोलनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा सर्वसाधारणहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले गहिरो सहानुभूति प्रकट गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नगरप्रमुख श्री आइतमान तामाङज्यूले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको सम्मान गर्दै संवाद, सहकार्य, शान्ति र सामाजिक सद्भावलाई कायम राख्न सबै पक्षलाई जिम्मेवार र संयमित बन्न आग्रह गर्नु भयो। उहाँले यस्ता दुःखद घटनाहरू भविष्यमा नदोहोरिऊन् भन्नेतर्फ विशेष ध्यान दिनु पर्नेमा समेत जोड दिनुभयो।
मेलम्ची नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिएको स्पष्ट गर्दै, पीडितहरूप्रति समवेदना र ऐक्यबद्धताको भावना प्रकट गरेको छ। साथै, नगरपालिकाले शान्तिपूर्ण सामाजिक रूपान्तरणतर्फ अग्रसर हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
