२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। पार्टी स्थापना भएको चार वर्षपछि पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनको उद्घाटन समारोह भरतपुर गेष्ट हाउस चौरमा आयोजना हुने भएको छ। उद्घाटन समारोहलाई पार्टी सभापति रवि लामिछाने तथा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका अनुसार महाधिवेशनमा देशभरबाट ३ हजार ९ सय १८ प्रतिनिधि सहभागी हुनेछन्। तीमध्ये ३ सय प्रतिनिधिलाई पार्टीका दुई महामन्त्रीले मनोनयन गरेका छन्। पार्टीले हालसम्म आफ्नो सदस्य संख्या ५ लाख पुगेको जनाएको छ।

पार्टी सचिवालयका अनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा अधिवेशन आयोजना गरिएको छ। त्यस्तै, ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनोट गरिसकिएको छ। मधेश प्रदेश तथा अधिवेशन हुन बाँकी रहेका १३ जिल्लाबाट भने तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको जनाइएको छ।

महाधिवेशनअघि रास्वपाले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित १ सय ५८ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।