२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए

रविन दनुवार
सिन्धुपाल्चोक — श्री इन्द्रावती आधारभूत विद्यालय को सामान्य लापरबाहीका कारण प्ले ग्रुप (PG) मा अध्ययनरत २ वर्षीय बालक विद्यालयकै कक्षाकोठामा थुनिएको अवस्थामा फेला परेका छन्।
इन्द्रावती गाउँपालिका–१२ भाङ्टार निवासी अर्जुन दनुवारका २ वर्षीय छोरा अस्विन दनुवार मंगलबार राति करिब ८ बजे विद्यालयको कक्षाकोठाभित्र सुतेको अवस्थामा फेला परेका हुन्। विद्यालयका कार्यालय सहयोगीले कक्षाकोठाभित्र राम्ररी जाँच नगरी ताला लगाएपछि बालक भित्रै थुनिएका थिए।
साँझ करिब ६ बजेसम्म पनि बालक घर नपुगेपछि गाउँभर खोजी सुरु गरिएको थियो। खेतीपातीको समयमा अभिभावक व्यस्त रहने भएकाले बालकको तत्काल निगरानी हुन नसकेको स्थानीयले बताएका छन्।
बालककी आमा मिना दनुवारका अनुसार साँझ ६ बजेदेखि खोजी सुरु गरिएको थियो। “राति करिब ८ बजे विद्यालयको कक्षाकोठा खोलेर हेर्दा बच्चा भित्रै सुतेको अवस्थामा भेटियो,” उनले भनिन्।
विद्यालयले विद्यार्थीलाई सुरक्षित रूपमा घर पठाउने व्यवस्था मिलाएको भए यस्तो घटना नहुने उनको गुनासो छ। “बच्चा रातिसम्म भोक र प्यासै कक्षाकोठामा थुनिनुपरेको अवस्था दुःखद हो,” उनले बताइन्।
विद्यालयका प्रधानाध्यापक माधव प्रसाद नेपाल ले आफ्नो शैक्षिक जीवनमा पहिलो पटक यस्तो घटना व्यहोर्नुपरेको बताए। विद्यालय प्रशासनबाट सामान्य त्रुटि भएको स्वीकार गर्दै उनले अबदेखि यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।
प्रधानाध्यापक नेपालले विद्यार्थीको सुरक्षा र संरक्षणलाई थप प्रभावकारी बनाउन शिक्षक तथा कर्मचारीलाई जिम्मेवार र सचेत बनाइने पनि बताए।
उक्त घटना गएराति भएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।