काठमाडौं। नेपालका लागि एमजीमोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्नो प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै पूर्ण इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्ने तयारी गरेको छ।

अत्याधुनिक प्रविधि र विलासी फिचरले भरिपूर्ण यो गाडी लक्जरी र फ्ल्गशिप गरी दुईवटा विशेष भेरियन्टमा उपलब्ध हुनेछ ।
असाधारण शक्ति र प्रदर्शन” एमजी यु ९ ईभी नेपाली बाटोहरूका लागि एक शक्तिशाली विकल्पको रूपमा प्रस्तुत गरिएको छ।यसमा जडान गरिएको ड्युल माेटर (फ्रन्ट १२५ किलोवाट र रियर २०० किलोवाट) ले कुल ३२५ किलोवाट सम्मको पावर र ७०० एनएमको टर्क प्रदान गर्दछ । यो पिकअपले मात्र ५.८ सेकेन्डमा शून्यदेखि १०० किमी प्रतिघण्टाको गति समात्न सक्छ ।
यसमा रहेको एयर सस्पेन्सन र विभिन्न ड्राइभिङ मोडहरू (नर्मल, इकाे, स्पाेर्ट, स्नाे, Tow, अफराेड, कस्टम) ले कठिन भू-बनोटमा पनि आरामदायी यात्रा सुनिश्चित गर्दछ ।











